चर्चित गायक सुशान्त केसीको डेब्यु रहेको लघु चलचित्र ‘यस्तै रैछ’ सार्वजनिक भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच सर्ट फिल्म रिलिज गरिएको हो।
युवा पुस्तामाझ चर्चित सुशान्तले यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेका हुन्। १२ मिनेट ३१ सेकेन्डको फिल्ममा सुशान्त र ‘शाम्बाला’ की अभिनेत्री थिन्ले ल्हामो एकसाथ काम गरेका छन्।
यो फिल्म अस्ट्रेलियन फिल्मकर्मी कलानी गाकोनको लेखन तथा निर्देशनमा तयार भएको हो। यो फिल्ममा दुई युवायुवतीको वियोगान्त प्रेमकथा समेटिएको छ। फिल्मको निर्माता प्रतिक राई हुन् भने छायांकन चिन्तन राजभण्डारीले गरेका हुन्।
सुशान्तले फिल्मको शीर्षकमै रहेको ‘यस्तै रैछ’ बोलको गीत पनि चाँडै सार्वजनिक हुने जानकारी दिए। फिल्मको कथा जहाँ अन्त्य हुन्छ, त्यहीँबाट गीतको कथा सुरू हुने उनको भनाइ छ।
Shares

प्रतिक्रिया