हिन्दू महिलाहरुको महान चार्ड तीज आउँन अझै एक महिना बढी समय बाँकीे छ। तर, हाम्रा गायक गायिकालाई भने गीत लागि सकेको छ। उनीहरुले अहिले तीजका लागि बनाएको गीत संगीत धमाधम सार्वजनिक गर्न थालेका छन्।
यस्तैमा प्रत्येक वर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो वर्ष ‘फुंगालेर माइती देश’ बोलको नयाँ तीज गीत सार्वजनिक गरेकी छन्।
लोक शैलीमा तयार गरिएको गीतमा उनले घरको काम काज र तीजमा महिलालाई हुने उत्साहका विषय गीतमा समेटेकी छन् ।
बिष्णु न्यौपानेको शब्द संगीत रहेको गीतमाथि आकर्षक म्युजिक भिडियो पनि तयार गरिएको छ। थुप्रै कोरस प्रयोग गरिएको भिडियोमा गायिका आचार्यकै अभिनय देख्न सकिन्छ।
करण चैसिरको छायाँकन, प्रविन भट्टको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् । पुरानो शैलीको गाउको घरको लोकेसनमा खिचिएको भिडियोले गीतलाई सिगार्ने काम गरेको छ।
हेरौँ भिडियो

प्रतिक्रिया