चर्चित गायक सुशान्त केसीले ‘यस्तै रैछ’ बोलको गीत ल्याएका छन्। ‘यस्तै रैछ’ को शीर्षकमा सर्ट फिल्म ल्याएका उनले सोमबार सोही शीर्षकबाट गीत सार्वजनिक गरेका हुन्।
गीतको भिडिओमा सुशान्तसहित ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो फिचर्ड छिन्।
गीतको भिडिओमा युवायुवतीको वियोगान्त प्रेमकथा देखाइएको छ। सर्ट फिल्मको कथा जहाँबाट सकिएको छ, त्यहीबाट गीत सुरू हुन्छ। कलानी गाकोनको निर्देशनमा गीत बनेको हो भने निर्माता प्रतिक राई हुन्।
63
Shares

प्रतिक्रिया