स्वास्थ्य अवस्था गम्भीर बनेपछि कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा इरफान खानलाई मंगलबार भर्ना गरिएको थियो।
बुधबार नै खानको निधन भएको हो। उनको अन्तिम विदाईमा मात्र २० व्यक्ति उपस्थित भएका थिए।
मुम्बईको भरसोभा कब्रस्तानमा स्थानीय समयअुनसार अपरान्ह ३ बजे खानको अन्तिम संस्कार भएको हो। उनको अन्तिम विदाईमा परिवार, नातेदार र नजिकका साथीहरुमात्र उपस्थित थिए।
कोरोना भाइरसको प्रकोपबीच निधन भएपछि सानो संख्यामै उनको अन्तिम संस्कार गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
खानको कोलोन इन्फेक्सनका कारण निधन भएको जनाइएको छ। गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्।
इरफान खानले लाइफ अफ पाई, जुरासिक वर्ल्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डे, स्लम्स डग मिलिनियरजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन्। एजेन्सी

प्रतिक्रिया