समाज


गाँजाको नसामा बनेको थियो चोर्ने योजना, जिस्कने क्रममै साथीको हत्या

गाँजाको नसामा बनेको थियो चोर्ने योजना, जिस्कने क्रममै साथीको हत्या

नेपालखबर
बैशाख १७, २०७७ बुधबार १२:३५,

गाँजाको नसामा सप्तरीका एक बालकको हत्या उनकै साथीहरुले गरेको खुलासा भएको छ। चैत ३० गते झाडीमा मृत फेला परेका सुरज साहको हत्या उनकै साथीहरुले गरेको सप्तरी प्रहरीले जनाएको छ।

सुरजको हत्या अभियोगमा प्रहरीले सुजित कुमार मुखिया, कृष्णकुमार मुखिया र चन्द्रशेखर मण्डल पक्राउ गरेको हत्याको रहस्य खुलेको हो।

सुरजको हत्याअगाडि उनीहरुले त्यो रात मिलेर चोरी गर्ने योजना बनाएको पक्राउ परेकाले दिएको प्रारम्भिक बयानमा खुलेको सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।

उनीहरुले चैत ३० गते गाँजा खाँदै गर्दा चोरी गर्नै योजना बनाएको प्रहरीले जनाएको छ। सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर नजिकै छेउको पोखरी डिलमा बसी यस्तो योजना बनाएको बयान प्रहरीमा दिएका हुन्।

डीएसपी भारतीका अनुसार चोरी गर्न आवश्यक पर्ने सामानहरु हेक्सा, खुकुरी र बोरा ल्याउनका लागि मृत्तक सुरज साहलाई जिम्मा दिइएको थियो। योजना बनाएपछि सबै जना खाना खानका लागि आ–आफ्नो घर गएको र त्यसको करिव १ घण्टापछि उनीहरु गाउँ नजिकैको आँपको बगैचामा भेला भएको प्रहरीले जनाएको छ।

सुरज साहले ल्याएको ‘सोनपिच’ नामक लागुऔषध खाएपछि राति साढे १० बजे कंकालिनी मन्दिर अगाडिको चोकमा जम्मा भएको उनीहरुले बताएका छन्। त्यही क्रममा सुजितले ताल्चा काट्ने हेक्साले जिस्किँदै सुरजको टाउकोमा हानेको र सोही चोटका कारण सुरज बेहोस भएका थिए।

त्यसपछि तीनै जनाले सुरजलाई प्लास्टिकको बोरामा हाली निलो रंगको लेसले घाँटीमा कस्नुका साथै लात्ती र हेक्सा ब्लेडले समेत प्रहार गरेको उनीहरुले प्रहरीलाई बयान दिएका छन्।

त्यसपछि सुरजलाई प्लास्टिकको बोरामा हाली कोशी बाँधको छेउमा लगेर फाल्नुका साथै उसको टाउकोमा खुकुरीले तीन–तीन पटक प्रहार गरेका भागेका थिए। त्यसको भोलिपल्ट स्थानीयले सुरजको शव फेला पारेका थिए।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सप्तरीबाट बुधबार म्याद थप गरी अनुसन्धान अगाडि बढाएको डीएसपी भारतीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad