कला


‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ नलिने अनुपम खेरको घोषणा

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ नलिने अनुपम खेरको घोषणा

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १५:५२, काठमाडौँ

बलिउड अभिनेता अनुपम खेरले अब कुनै पनि दीर्घसाधना सम्मान नलिने घोषणा गरेका छन्।

खेरले भारतको ५६औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) मा बोल्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ नलिने घोषणा गरेका हुन्।  कार्यक्रममा खेर ‘गिभिङ अप इज नट अ च्वाइस’ शीर्षकमा बोलेका थिए। जहाँ उनले आफ्नो यात्रा, चुनौती, संघर्ष र आफूलाई आकार दिने कुराहरू सुनाएका थिए।

करियरको संघर्षबारे बताउने क्रममा खेरले पहिलो फिल्म ‘सारांश’ को रोचक किस्सा सुनाएका थिए। सुटिङ सुरु हुनुअघि नै आफूलाई हटाएर सञ्जीव कुमारलाई लिन लागिएपछि निर्देशक महेश भट्टसँग आक्रोशित भएको बताए। खेरको आक्रोश देखेपछि भट्टले उनलाई पुनः फिल्ममा बोलाएका थिए।

खेरले यो डिसेम्बरमा आफ्नो ५५०औं फिल्ममा हस्ताक्षर गर्न लागेको पनि खुलाए। तैपनि, उनी भेट्रान अभिनेताको सम्बोधन अस्वीकार गर्दै आएका छन्। 

‘मैले सबै मिडियालाई मलाई भेट्रान वा थिस्पियन भनेर कहिल्यै सम्बोधन नगर्न भनेको छु। यसको अर्थ तपाईंको करियर सकियो भन्ने हुनेछ। म कहिले अवकाश लिने भनेर अरू कसैले किन निर्णय गर्नुपर्छ? त्यसैले म आगामी २० वर्षसम्म कुनै पनि लाइफटाइम अचिभमेन्ट अवार्ड स्वीकार गर्दिन,’ खेरले भने। 

उनले हलिउड फिल्म ‘सिल्भर लाइनिंग्स प्लेबुक’ को सुटिङका क्रममा रोबर्ट डि निरोले एउटा दृश्यमा कोठाबाट बाहिर निकालिदिएपछि ४५ मिनेट चिसोमा बस्नुपरेको अनुभव पनि उनले सुनाए। त्यतिवेला निर्देशक डेभिड ओ रसेलसँग आफूले अडान राखेपछि मात्रै छायांकन अघि बढेको र पछि डि निरोसँग राम्रो मित्रता भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad