कला


विपिन कार्कीको मुख्य भूमिका रहेको ‘काजी’ चैत २७ मा रिलिज हुने

विपिन कार्कीको मुख्य भूमिका रहेको ‘काजी’ चैत २७ मा रिलिज हुने

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १४:४६, काठमाडौँ

लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘काजी’ ले प्रदर्शन मिति तय गरेको छ। फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले चैत २७ गतेलाई रिलिज मिति तोकेको हो। 

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको सार्वजनिक गरिएको फर्स्ट लुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की फिचर्ड छन्। चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका उनले सर्ट लगाएका छन्। गम्भीर मुद्रामा केही सोचिरहेको र हेरिरहेको देखिन्छन्।

पोस्टरमा केकी अधिकारी छिन्। उनलाई विपिनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ। सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ। पोस्टरले सिनेमा पारिवारिक लभ स्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।

विपिन र केकीसँगै फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ।

यस फिल्मबाट लक्ष्मण रिजाल आठ वर्षपछि निर्देशनमा फर्किएका हुन्। आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमव्याक गरेको उनले बताएका छन्। यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए।

रिजाल एन्ड रिजाल प्रोडक्सनको व्यानरमा निर्माण रहेको सिनेमालाई रामप्रसाद रिजालले निर्माण गरेका छन्। फिल्ममा प्रदीप भारद्धाजको लेखन रहेको छ। यस फिल्मलाई चिन्तन राजभण्डारीले खिचेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad