कला


कमेडियन कपिल शर्माको क्याफेमा गोली हानेको आरोपमा एकजना पक्राउ

कमेडियन कपिल शर्माको क्याफेमा गोली हानेको आरोपमा एकजना पक्राउ

पक्राउ परेका व्यक्ति कालो पोसाकमा


नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १६:०, काठमाडौँ

दिल्ली प्रहरीको अपराध शाखाले शुक्रबार क्यानडाको लुधियानामा रहेको हास्य कलाकार कपिल शर्माको क्याप्स क्याफेमा भएको गोलीकाण्डको सन्धिग्दलाई पन्जाबको लुधियानाबाट पक्राउ गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको नाम बन्धुमान सिंह सेखोन हो। उनी ग्याङ्स्टर गोल्डी ढिल्लन गिरोहका प्रमुख ह्यान्डलर हुन्।

पक्राउका क्रममा प्रहरीले उनको साथबाट चीनमा बनेको उच्चस्तरीय पीएक्स-३ पेस्तोल र आठवटा गोली बरामद गरेको छ।

प्रहरीका अनुसार सेखोन भारतमा लुकेको जानकारी प्राप्त भएको थियो।

सेखोनले नै गोली हान्ने योजना बनाएको र बन्दुक तथा आक्रमणकारी सबै व्यवस्था गरेको आरोप छ।

क्यानडामा रहेको कपिलको क्याफेमा जुलाई १०, अगस्ट ७ र अक्टोबर १८ मा तीनपटक गोली प्रहार भएका थिए।

लरेन्स बिश्नोई गिरोहसँग सम्बन्धित गोल्डी ढिल्लन र कुलवीर सिद्धु नेपालीले तीनै आक्रमणको जिम्मेवारी लिएका छन्।

सेखोनले लामो समयदेखि भारत र क्यानडामा गुन्डाहरूबीच सम्बन्धको काम गरिरहेको दाबी दिल्ली प्रहरीले गरेको छ।

प्रहरीको दाबीअनुसार उनी गोली प्रहार, जबरजस्ती चन्दा र धम्की दिने काममा संलग्न छन्। प्रहरीले अब गोल्डी ढिल्लन गिरोहका अन्य सदस्य खोजी थालेको छ। 

यो कारबाहीलाई अन्तर्राष्ट्रिय गिरोहहरूविरुद्ध हालैको ठूलो सफलता मानिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad