हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक भएको छ। आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा फिल्मका मुख्य पात्रलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ।
फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ।
यस फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन्। बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेका छन्। सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् । यो फिल्म आगामी पुस ४ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया