कला


शाहरुख खानको ‘मार्कसिट’ भाइरल

शाहरुख खानको ‘मार्कसिट’ भाइरल

नेपालखबर
मंसिर १५, २०८२ सोमबार ११:५२, काठमाडौँ

बलिउड अभिनेता शाहरुखको खानको कलेजको मार्कसिट यतिबेला सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भाइरल भइरहेको छ। 

नवभारत टाइम्सका अनुसार भाइरल तस्बिर हंसराज कलेजको हो, जहाँ शाहरुख खानले १९८५ र १९८८ को बीचमा अर्थशास्त्रमा स्नातक अध्ययन पूरा गरेका थिए।

भाइरल मार्कसिटअनुसार, उनले आफ्नो ऐच्छिक विषयमा उच्च ९२ अंक हासिल गरेका थिए। अंग्रेजीमा उनले ५१ अंक तथा गणित र भौतिकशास्त्रमा ७८ अंक प्राप्त गरेका थिए।

उनको कलेजको मार्कसिटले प्रशंसकहरूलाई पुरानो सम्झना गराएको छ। उनी कुनै समय अब्बल विद्यार्थी पनि थिए भनेर प्रशंसा भइरहेको छ। 

कलेज सकेपछि उनी जामिया मिलिया इस्लामियामा स्नातकोत्तर कार्यक्रममा भर्ना भए, तर भाग्यले उनलाई मनोरञ्जन संसारमा पुर्‍यायो। विश्वविद्यालयको विद्यार्थीबाट उनी टेलिभिजन अभिनेता र अन्ततः बलिउडको सबैभन्दा ठूला स्टारमध्ये एक बने। 

यसैबीच शाहरुख खान अर्को फिल्म ‘किङ’को तयारीमा लागेका छन्, जसमा उनी आफ्ना छोरी सुहाना खान र अभिषेक बच्चनसँग स्क्रिन सेयर गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad