शुक्रबारदेखि नेपाली सिनेमा हलमा भारतीय फिल्म ‘धुरन्धर’ प्रदर्शनमा भएको छ। रणवीर सिंह स्टारर ‘धुरन्धर’ शुक्रबारदेखि हलमा लागेको हो।
नेपालमा यस फिल्मले देशभरिबाट एकसय ६१ शो पाएको छ। अग्रिम बुकिङ उत्साहजनक देखिएको फिल्मले राम्रो कमाइ गर्ने आशा निर्माण पक्षले गरेको छ।
एक्सन-थ्रिलर जनरामा बनेको यस फिल्ममा रणवीर एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। यस फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन्, जसले पहिले ‘उरी: द सर्जिकल स्ट्राइक’ फिल्म निर्देशन गरिसकेका छन्।
यस फिल्ममा रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारहरूको अभिनय छ। जियो स्टुडियोको ब्यानरमा निर्मित यस फिल्मलाई श्याडो पिक्चर्सले नेपाल भित्र्याएको हो।
66
Shares

प्रतिक्रिया