कला


‘झरी पछिको इन्द्रेणी’ को ट्रेलरमा विदेश सपनादेखि भ्रष्टाचारविरुद्भको आन्दोलनको कथा

‘झरी पछिको इन्द्रेणी’ को ट्रेलरमा विदेश सपनादेखि भ्रष्टाचारविरुद्भको आन्दोलनको कथा

नेपालखबर
मंसिर २१, २०८२ आइतबार २१:१६, काठमाडौँ

अर्जुन घिमिरेको (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरी पछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक भएको छ। एक युवकको अस्ट्रेलिया सपना, अभिभावकसँगको सम्बन्ध वरिपरि ट्रेलर घुमेको छ।

उच्च शिक्षाको लागि विदेश जाने युवाको सपना कसरी चकनाचुर हुन्छ भन्ने कुरा ट्रेलरमा देखाइएको छ। त्यस्तै, भ्रष्टाचार र बेथितीविरुद्ध युवाहरूले माइतीघर मण्डलाबाट आन्दोलन सुरू गरेको प्रसंग पनि ट्रेलरमा समावेश छ।

कलाकार गणेश उप्रेती ‘झरीपछिको इन्द्रेणी’ ९ वर्ष पछि पुनरागमन गर्दैछन्। फिल्ममा उप्रेतीसहित दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय छ। फिल्ममा बालेन शाहको र्याप रहने चर्चाका कारण प्रतिक्षित बनेको छ।

बिमोञ्चम दवाडी र जेसिका पोखरेलले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेका छन्। अनिसा सेन्दाङ लिम्बु निर्माता रहेको यो फिल्म आगामी पुस ४ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad