कला


विष्णु भट्टले ल्याए डोटेली गजल ‘म फर्किन्याँ बेला भयो’

विष्णु भट्टले ल्याए डोटेली गजल ‘म फर्किन्याँ बेला भयो’

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १२:२४, काठमाडौँ

गायक विष्णु भट्टले डोटेली गजल ‘म फर्किन्याँ बेला भयो’ ल्याएका छन्। सार्वजनिक गजलमा विष्णुको गायनसहित संगीत रहेको छ।

नेत्र कुँवर (गजलकार) को शब्द रहेको गजलमा विदेशिएका युवाको कथा/व्यथालाई समेटेको छ। देवश राई एरेन्जमेन्ट रहेको गीतमा कुमार रानाको मिक्सिङ र मास्टरिङ छ। गायनमा भट्टलाई मनिषा सुनार, लक्ष्मी नेपाली र पविन्द्र सुनारले पनि साथ दिएका छन्। 

विक्रम चौहानको स्टोरी र निर्देशनमा गीतको भिडिओ बनेको हो। भिडिओमा चक्र बम र मीना परियारको अभिनय छ। भिडिओलाई करण चाइसिर र टिमले खिँचेका हुन्।

गएको तिहारमा भट्टको गीत ‘झुम्की’ निकै चलेको थियो। ६ वर्षअघि सार्वजनिक गीत टिकटकका कारण निकै भाइरल भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad