बलिउड अभिनेता रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। यस फिल्मले चारदिनमा १३० करोड बढी नेट भारतीय रुपैयाँ कमाएको हो।
फिल्मले पहिलो दिन घरेलु बक्सअफिसमा २८.८० करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ। जुन रणवीरको करिअरकै सर्वाधिक ओपनर फिल्म हो। शनिबार फिल्मले ३३.१० करोडको व्यापार गरेको थियो। आइतबार ४४.८० करोड कलेक्सन गर्दा सोमबार २४.३० करोड भारू कमाएको छ।
एक्सन-थ्रिलर जनरामा बनेको फिल्ममा रणवीर एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन्, जसले पहिले ‘उरीस् द सर्जिकल स्ट्राइक’ फिल्म निर्देशन गरेका थिए।
फिल्ममा रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारको अभिनय छ।
जियो स्टुडियोको ब्यानरमा निर्मित यस फिल्मलाई श्याडो पिक्चर्सले नेपाल भित्र्याएको हो। नेपालमा पनि यस फिल्ममा दर्शकको राम्रै उपस्थिति छ।

प्रतिक्रिया