पोखरामा आउँदो शनिबार ‘पोखरा विन्टर फेस्ट’ हुने भएको छ। प्रचार नेपाल, अर्बिटेरि इभेन्ट र स्पेक्स-१४ को आयोजनामा पोखरा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा फेस्ट हुन लागेको हो।
फेस्टमा चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिए। राठोडका ‘गुलाबी सारी’, ‘सुन्दारी’, ‘गल्ती से मिस्टेक’, ‘चाल सिके सिके’ जस्ता गीत चर्चित छन्।
राठोड केही महिनाअघि पोखरा घुम्न आएका थिए। पोखरा मन परेका कारण शोको लागि पुनः आउन राठोड तयार भएको पुरीले बताए। राठोडले पोखरामा पहिलोपटक आफ्नो प्रस्तुति दिन लागेका हुन्।
फेस्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुति रहनेछ। र्याप भर्स र लाइभ परफर्मेन्सका लागि चर्चित एसटि म्यानका ‘बोमबे’, ‘सिनेमा’, ‘झोला ग्याङ’ जस्ता गीतहरू चर्चित छन्। युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेस्टको सुरुवातमा प्रस्तुति दिनेछन्।
Shares

प्रतिक्रिया