बिटी कान्छाको उपनामले परिचित विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन रहेको सिरिज ‘हरामी’ को शीर्ष गीत सार्वजनिक भएको छ। सिरिजले ‘हरामी’ बोलको प्रमोसनल गीत सार्वजनिक गरेको हो।
मन प्रोडक्सनले निर्माण गरेको यो सिरिज हरी, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित छ। सार्वजनिक गीतमा शब्द, संगीत र गायन साइलाको रहेको छ। संगीत निर्माण सिमरन राणाले गरेका हुन्।
सिरिजको प्रसारण भइसकेको पहिलो भागमा उनले साथीहरूको दबाबले लिने निर्णयलाई हास्य रसमा प्रस्तुत गरेका छन्। सिरिजको पहिलो भागले राम्रै प्रतिक्रिया पाइरहेको छ।
‘हामीले प्रसारित पहिलो भागबाट राम्रो समीक्षा पाएका छौँ। पाँच भागको एपिसोड रहने सिरिजमा फरक फरक थिममा रहेर एपिसोड तयार गरेका छौँ', बिटी कान्छाले भने।
Shares

प्रतिक्रिया