कला


व्यक्तिगत अधिकार सुरक्षाको माग गर्दै सलमान खानले दिल्ली उच्च अदालतमा दिए निवेदन

व्यक्तिगत अधिकार सुरक्षाको माग गर्दै सलमान खानले दिल्ली उच्च अदालतमा दिए निवेदन

नेपालखबर
मंसिर २४, २०८२ बुधबार २१:३२, काठमाडौँ

बलिउड अभिनेता सलमान खानले आफ्नो व्यक्तिगत अधिकार रक्षाको माग गर्दै बुधबार दिल्ली उच्च अदालतमा निवेदन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार खानको निवेदनको सुनुवाइ बिहीबार न्यायाधीश मनमित प्रीतम सिंह अरोराको नेतृत्वमा रहेको बेन्चमा हुनेछ।

सलमान खानले धेरै इन्टरनेट मिडिया आउटलेटहरूविरुद्ध उच्च अदालतबाट निर्देशन मागेका छन्। 

उनले मिडिया आउटलेटहरूले अनुमतिबिना आफ्नो छवि, भिडिओ र आवाज प्रयोग गरिरहेको दाबी गरेका छन्।

खानभन्दा पहिले धेरै कलाकारले आफ्नो व्यक्तिगत अधिकार रक्षाका लागि अदालतमा निवेदन दिएका थिए र त्यसमा अन्तरिम आदेश जारी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad