चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को मार्मिक गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक भएको छ। बाबुल गिरीको शब्द रचना तथा संगीत रहेको गीतमा गायन रबी ओडको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस पोखरेल,गजित बिष्ट लगायतलाई देख्न सकिन्छ। भिडिओमा परदेशिएको छोराको विलौला र आमाको मायालाई देखाइएको छ।
गीतको भाव अनुसार नै भिडियो निर्माण निर्माण पक्षले गरेको देखिन्छ। जहाँ सन्तानप्रतिको माया ममता तथा स्नेहको कथालाई फिल्मले बोल्ने प्रष्ट छ। फिल्ममा चन्द्र पन्तको कथा र पटकथा छ।
यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपालीको अभिनय छ।आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्।
अभिमन्यू निरवीले लेखेको यो फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। यो फिल्म आगामी माघ १६ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया