कला


सन् २०२५ मा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बन्यो ‘धुरन्धर’

सन् २०२५ मा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बन्यो ‘धुरन्धर’

नेपालखबर
पुस ८, २०८२ मंगलबार १४:१३, काठमाडौँ

रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ सन् २०२५ को सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ। बक्सअफिसमा ठूला फिल्महरूलाई पछि पार्दै यो वर्षकै सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बन्न सफल भएको हो।

प्रदर्शनको १८ औं दिनमा ‘धुरन्धर’ ले ‘कान्तारा: च्याप्टर १’ र ‘छावा’ लगायतका फिल्महरूको कमाइलाई उछिनेको हो। भारतीय सञ्चारमाध्यमकाअनुसार ‘धुरन्धर’ ले विश्वभरबाट ८ सय ७० करोड भारूभन्दा बढी व्यापार गरिसकेको छ।

‘कान्तारा: च्याप्टर १’ ले विश्वव्यापी बक्स अफिसमा ८ सय ५२ करोड भारू कमाएको थियो। त्यस्तै, ‘छावा’ को विश्वव्यापी कमाइ ८ सय ७ करोड छ। यी दुबै फिल्मको कमाइलाई ‘धुरन्धर’ ले पछि पारेको छ।

यस फिल्ममा रणवीर फिल्ममा एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। फिल्मलाई आदित्य धरले निर्देशन गरेका हुन्, जसले पहिले ‘उरीस् द सर्जिकल स्ट्राइक’ फिल्म निर्देशन गरेका थिए। फिल्ममा रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारको अभिनय छ।

‘धुरन्धर’ को दोस्रो भाग सन् २०२६ को मार्चमा रिलिज हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad