हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ ले बक्सअफिसमा उछाल ल्याइरहेको छ। गत शुक्रबारदेखि प्रदर्शनरत यस फिल्मले हालसम्म विश्वभर ४५० मिलियन डलर (६४ अर्ब ६९ करोड ६७ लाख) कलेक्सन गरेको छ।
यो फिल्म सन २००९ मा रिलिज भएको ‘अवतार’ को तेस्रो श्रृंखला हो। नेपालमा भने यस फिल्मको कमाइ ३ करोड ८३ लाख १४ हजार बढी छ। जुन बिहिबार दिउँसोसम्मको कलेक्सन हो।
‘अवतार’ले हलिउडमा अहिलेसम्म पनि बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड कायम राखेको छ। त्यस्तै, सन् २०२२ मा रिलिज भएको ‘अवतार: द वे अफ वाटर’ धेरै कमाउने हलिउड फिल्मको तेस्रो स्थानमा छ। जेम्स क्यामरुन निर्देशित फिल्मको रनटाइम १९७ मिनेट रहेको छ।
69
Shares

प्रतिक्रिया