क्यान्सर र मिर्गौला रोगबाट पीडित ‘माछी मार्न जाऔं न दाजै’की गायिका रिता रेग्मी उपाध्यायले उपचार सहयोगका लागि आग्रह गरेकी छन्।
यतिखेर रिता क्यान्सरसहित मिर्गौला रोगबाट पीडित बनेकी छन्। भारतको राजिव गान्धी अस्पतालमा उनको उपचार भइरहेको छ।
रितालाई भेटेर आएका युट्युबर भोजराज थापाले रिताको पछिल्लो स्वास्थ्य अवस्थाबारे भिडिओमार्फत सार्वजनिक गरेका छन्। भिडिओमा रिताले आफूलाई तेस्रो स्टेजको क्यान्सर भएको र मिर्गौला रोगबाट पनि पीडित भएको बताएकी छन्।
उनले उपचार गर्दागर्दै आफू सडकमा आइपुगेको र ऋणले थिचेको पीडा पोखेकी छन्। उपचारको लागि आर्थिक अभाव भएपछि सहयोग माग्दै भनेकी छन्, ‘कुनै वेला मसँग लाखौँ पैसा हुन्थ्यो। मेहेनत गर्थेँ, दुःख गर्थे। तर, म अहिले रोडमा आइसकेको छु। म यही रोडमा भौंतारिन्छु। म यही झोला भिर्छु। किड्नीको एकदमै बिरामी भएपछि म गलेँ। गुरुदक्षिणाको रुपमा अलिकति आर्थिक सहयोग मागेको छु।’
क्यान्सरको उपचारको क्रममा मिर्गौलामा पनि समस्या भएपछि आफू गलेको उनले बताएकी छन्। ‘मेरो ब्रेस्ट काटेको हो। डाक्टरले क्लिनिकल्ली डेढ नै भनिसकेका थिए। तर म बाचेँ। उपचार गर्दा सबै पैसा सकियो। ऋणमा डुबेँ,’ उनले भनेकी छन्।
उनी पूर्व अध्यापक हुन्। बागबजारको पद्मकन्या कलेजमा २६ वर्ष पढाएकी थिइन्।
रिताको चर्चित ‘माछी मार्न जाऔं न दाजै’मा विधान श्रेष्ठ र जे पापीले स्वर दिएका छन्। यो गीत १३ वर्षअघि गायक जे पापीको युट्युब च्यानलबाट रिलिज भएको थियो। अहिले भने भने म्युजिक नेपालले आफ्नो च्यानलबाट सार्वजनिक गरेको हो।
Shares

प्रतिक्रिया