मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले फिल्मको एक पोस्टर रिलिज गर्दै आगामी चैत १३ को लागि मिति सार्वजनिक गरेको हो।
सार्वजनिक पोस्टरमा तीनजना कलाकार विनोद न्यौपाने,फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत भएका छन्।
तीनैजना एकअर्काबीच आकाशतर्फ हेरेर खुशी मुडमा देखिन्छन्। साथै छेवैमा एउटा भाले उडिरहेको देखिन्छ। साउद उनीहरु कुनै कुरा सफल हुँदाको क्षणमा खुशी देखिएका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ।
निर्देशक मधुसुदन भट्टराईकै कथा रहेको यस फिल्ममा कुशल, विनोद र फलितसहित लक्ष्मी वर्देवा, आश्मा गिरी, जाहन्वी बस्नेत, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाँइ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा लगायतको अभिनय छ।
प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको यस फिल्मको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्।
सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार के।सी।रहेका छन्। साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्।
Shares

प्रतिक्रिया