बलिउड क्लासिक फिल्म ‘नायक द रियल हिरो’ को सिक्वेल बन्ने भएको छ। अभिनेता अनित कपुलले यस फिल्मको अधिकार खरिद गरेको रिपोर्टबीच २५ वर्षपछि सिक्वेल बन्ने खबर बाहिरिएको हो
सन् २००१ मा रिलिज भएको ‘नायक’ को सिक्वेल बन्ने तयारीमा रहेको फिल्मको प्रतिलिपि अधिकार राख्ने निर्माता दीपक मुकुटले जानकारी दिए।
मूल रूपमा ए.एम. रथनमको निर्माण रहेको ‘नायक’ को अधिकार पछि निर्माता दीपक मुकुटले राखेका थिए। ‘सनम तेरी कसम’ जस्ता फिल्म निर्माण गरेका दीपकले अनिल कपूरसँगै मिलेर फिल्म बनाउन लागेको बताए।
‘सिक्वेलको काम भइरहेको छ। अनिल कपूरसँगै मिलेर हामी फिल्म बनाउँदैछौं,’उनले भने। सिक्वेलमा पनि अनिलको नै मुख्य भूमिका रहने समेत उनले पृष्टि गरे।
‘नायक’ मा अनिलसहित रानी मुखर्जी, अमरीश पुरी, परेश रावल, जोनी लिभरलगायतको अभिनय थियो। अनिल फिल्ममा शिवाजीको भूमिकामा देखिएका थिए। एक साधारण पत्रकारबाट एक दिनका लागि मुख्यमन्त्री बनेका व्यक्तिको कथालाई फिल्मले समेटेको छ।
एक इमानदार व्यक्ति सत्तामा आए के परिवर्तन सम्भव छ? भन्ने प्रश्न उठाउने फिल्मलाई दर्शकहरूले निकै रूचाएका थिए।
एस शंकर निर्देशित यो फिल्म तमिल फिल्म ‘मुधलवन’ को रिमेक थियो।
Shares

प्रतिक्रिया