कला


सौगातलाई ‘दाइ’ भन्दा ट्रोल भएपछि सृष्टिले दिइन् प्रष्टीकरण

सौगातलाई ‘दाइ’ भन्दा ट्रोल भएपछि सृष्टिले दिइन् प्रष्टीकरण

नेपालखबर
पुस २१, २०८२ सोमबार १९:१७, काठमाडौँ

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ ७ वर्ष लामो प्रेमसम्बन्धमा बसे। तर, तीन वर्षअघि उनीहरूले ब्रेकअप भएको खुलासा गरेका थिए।

प्रेममा छँदा चार वटा फिल्म खेलेका उनीहरूले ब्रेकअपपछि एकसाथ सहकार्य गर्दैनन् भन्ने धेरैको अनुमान थियो। तर, दुवैले फिल्म ‘भाइरल गोर्खे’ मा एकसाथ काम गरेका छन्।  

ब्रेकअपपछि एक-अर्कासँग बोलचाल समेत नरहेको सौगात र सृष्टि यतिवेला यसै फिल्मको प्रचारमा एकसाथ हिडिरहेका छन्। यसैक्रममा केही दिनअघि फिल्मको ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो। जहाँ सृष्टिले सौगातलाई ‘दाइ’ भनिन्। जुन भिडिओ सामाजिक सञ्जालमा छाएसँगै ट्रोल बनिरहेको छ।

सोमबार सृष्टिले यसबारे प्रष्टीकरण दिएकी छन्। कार्यक्रममा छेवैमा बसेका सौगाततिर हेर्दै ‘दाइ’ भनेकामा माफी मागिन्।

‘कार्यक्रममा मलाई पत्रकारले सौगात दाइसँग काम गर्दा कस्तो अनुभव भयो भनेर सोध्नुभएको थियो। मैले त्यही फ्लोमा उहाँलाई दाइ भन्न पुगेछु। मैले जानेर चाहिँ भनेको थिइनँ। उहाँलाई मैले दाइ भन्ने गरेको छैन। उहाँलाई सौगात नै भन्छु। दाइ भन्नु टङ स्लिप थियो,’ सृष्टीले भनिन्।

उनले आफूलाई ‘दाइ’ भनेकोमा सौगातले केही फरक परेको बताए। सृष्टिले ‘टङ स्लिप’ भएर दाइ भनेको पहिल्यै नै थाहा भएको उनले सुनाए। कार्यक्रममा सौगात र सृष्टि दुवैले एक-अर्काको प्रशंसा गर्दैं सहकार्य गर्न सहज भएको समेत दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad