कला


‘बोक्सीको घर’ को सफलतापछि केकी सुलक्षणसँग मिलेर बनाउँदै ‘पेट्रोल पम्प’

‘बोक्सीको घर’ को सफलतापछि केकी सुलक्षणसँग मिलेर बनाउँदै ‘पेट्रोल पम्प’

नेपालखबर
पुस २२, २०८२ मंगलबार १२:५२, काठमाडौँ

गत वर्षको ‘ब्लकबस्टर’ फिल्म ‘बोक्सीको घर’को टिम नयाँ फिल्म बनाउन जुटेको छ। अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ को घोषणा गरेको हो।

‘बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ। त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ,’उनले भनिन्। 

सुलक्षण भारतीको निर्देशन रहेको बन्ने फिल्मको कथा पनि निर्देशक सुलक्षणले नै लेखेका छन्। निर्माता भने केकी अधिकारी हुनेछिन् । यसअघिको चलचित्र ‘बोक्सीको घर’मा पनि लेखक तथा निर्देशक पनि सुलक्षण नै थिए। प्रोडुसरमा केकी नै थिइन्।

सोसल ड्रामा चलचित्र ‘पेट्रोल पम्प’ २०८३ मा रिलिज हुनेछ। फिल्ममा को-को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन ।

‘बोक्सीको घर’मा भने केकी र सुलक्षण दुवैको अभिनय रहेको थियो। 

बद्री अधिकारी निर्माता रहेको ‘बोक्सीको घर’ले नेपाली बक्सअफिसमा ११ करोडभन्दा माथि ग्रस कलेक्सन गरेको थियो। केकीको पहिलो निर्माण नै बल्कबस्टर भएको थियो। यो सिनेमाको ‘बुझिन मैले’ गीत भाइरल भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad