चर्चित कलाकार जितु नेपाल ‘मुन्द्रे’ फिल्म निर्माणमा होमिएका छन्। उनले मंगलबार फेसबुकमार्फत आफ्नो लगानीमा फिल्म ‘आइएम जितबहादुर’ बनाउने घोषणा गरेका हुन्।
यस फिल्मलाई हिन्दी र बंगाली भाषाका फिल्म निर्देशक शेभेन्दु घोषणले निर्देशन गर्नेछन्। यो फिल्म एक नेपाली कलाकारको संघर्ष र सफलताको कथावस्तुमा आधारित हुनेछ।
घोषकै कथा रहेको फिल्ममा जितुनै मुख्य भूमिकामा देखिनेछन्। यो फिल्मको आंशिक भाग जितु स्वयमको जीवन संघर्षमा पनि आधारित हुने बताइएको छ।अन्य कलाकारको कास्टिङ प्रक्रिया सुरु भएको जानकारी उनले दिए।
माघ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्म काठमाडौं र मकवानपुरको चित्लाङ क्षेत्रमा खिचिनेछ। प्रदर्शन मिति भने सुटिङपछि नै तोकिने उनको भनाइ छ।
जितु यसअघि ‘छक्कापञ्जा’ समूहका फिल्ममा कार्यकारी निर्माताको रुपमा रहेका थिए। तर, ३२ वर्षको कलाकारितापछि उनी एकल लगानीमा फिल्म बनाउन थालेका हुन्।
Shares

प्रतिक्रिया