रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर’ ले नेपालमा पनि राम्रो व्यापार गरेको छ। गत डिसेम्बर ५ मा रिलिज भएको यस फिल्मले नेपालमा ९ करोड ७७ लाख ७७ हजार ग्रस कलेक्सन गरेको छ। जुन पुस १९ अर्थात शनिबारसम्मको कमाइ हो।
चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार ३० दिनमा २ लाख ९७ हजार ९०७ टिकट बिक्री भएका छन्। यस फिल्ममा रणवीर फिल्ममा एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। आदित्य धर निर्देशित फिल्ममा रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारको अभिनय छ।
त्यसैगरी, हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ ले पनि नेपालमा राम्रो कमाइ गरेको छ। बोर्डको रिपोर्टअनुसार यस फिल्मले ५ करोड ७८ लाख ५१ हजार व्यापार गरेको छ। उक्त कमाइ हुँदा फिल्मको १ लाख ४१ हजार ३३७ वटा टिकट बिक्री भएका छन्।
यो फिल्म सन २००९ मा रिलिज भएको ‘अवतार’ को तेस्रो श्रृंखला हो। ‘अवतार’ले हलिउडमा अहिलेसम्म पनि बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड कायम राखेको छ। त्यस्तै, सन् २०२२ मा रिलिज भएको ‘अवतार: द वे अफ वाटर’ धेरै कमाउने हलिउड फिल्मको तेस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया