फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा बाबुछोरीको सम्बन्धको मार्मिक कथा देख्न सकिन्छ।
ट्रेलरमा आमा नहुँदा बुवा र छोरीको भावनात्मक सम्बन्धलाई कथालाई बढी प्राथमिकतामा राखिएको छ। त्यस्तै, त्रिकोणात्मक प्रेमसम्बन्धलाई पनि समेटेको छ।
ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखुसहित बालकलाकार शाइसा गौचन छन्। यो फिल्म यम शेर्पाको लेखन तथा निर्देशन बनेको हो।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल लगायतको अभिनय छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्म माघ १ गतेबाट प्रदर्शन हुँदै छ।
12
Shares

प्रतिक्रिया