नेपाली हलमा आज (शुक्रबार) देखि नेपाली र हिन्दी गरी दुई फिल्म प्रदर्शन भएका छन्।
विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष स्वर्गीय उज्वल थापाबारे बनाइएको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ र प्रभास अभिनीत भारतीय फिल्म ‘द राजा साब’ देशभरका हलमा लागेका हुन्।
सुदीप भाजु निर्देशित डकुमेन्ट्री ‘दिमाग घोच्ने मान्छे’को रनटाइम रहेको छ।
जसमा नेता थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिका लागि उनले खेलेको भूमिका प्रस्तुत गरिएको छ।
हालै यो डकुमेन्ट्री प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूले समेत प्रिमियरमा हेरेका थिए।
उता साउथ अभिनेता प्रभास स्टारर ‘द राजा साब’ कमेडी, हरर जनरामा बनेको हो। यस फिल्मले एक राजाको कथा भन्छ।
‘राजा साब’ भारतीय सिने इतिहासको सबैभन्दा महँगो फिल्म भनिएको छ।
जुन ५ सय करोड भारतीय रुपैयाँ मेगा बजेटमा बनेको हो।
मारुती निर्देशित यस फिल्ममा प्रभाससहित निधि अग्रवाल र मालविका मोहनन मुख्य भूमिकामा छन्।
Shares

प्रतिक्रिया