कला


‘कुमारी’को प्रचारका नेपालगन्जदेखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट हुने

‘कुमारी’को प्रचारका नेपालगन्जदेखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट हुने

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १६:१, काठमाडौँ

आगामी माघ २३ गतेबाट रिलिज हुने फिल्म ‘कुमारी’ को प्रचारका लागि निर्माण टिम जुटेको छ। फिल्म र लाइभ म्युजिकलाई एउटै मञ्चमा जोडेर ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ आयोजना हुन लागेको हो। 

बिहीबार साँझ काठमाडौंमा यस चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड 'केहर एन्ड द लुङा'ले चलचित्र गीतमा प्रस्तुति दिँदै आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै यसबारेमा जानकारी दिइएको हो। 

बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यो प्रमोशनल टुर देशव्यापी स्तरमा सञ्चालन हुनेछ। जहाँ ब्यान्डसहित फिल्मका मुख्य कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतसहितको समूह रहनेछ।

'कुमारी'को साङ्गीतिक आत्माका रूपमा स्थापित सो ब्यान्डलाई केन्द्रमा राख्दै नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ। जसअन्तर्गत माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा लाइभ कन्सर्ट आयोजना हुनेछ। काठमाडौंको कन्सर्टमै चलचित्र 'कुमारी'को आधिकारिक ट्रेलर सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ।

हाल यस चलचित्रको गीत 'डोको बुन्ने निगालो चोयाले' चर्चित बनेको छ। यस गीतमा स्वर केहर सिंह लिम्बु, शब्द सागर लामिछाने मगर र सुमन तामाङ, तथा सङ्गीत सुमन तामाङ र केहर सिंह लिम्बुको रहेको छ। बिहीबारको कार्यक्रममा केहरले 'डोको बुन्ने' र यही चलचित्रको अर्को गीत 'कता छौ मेरो फूल' प्रस्तुत गरेका थिए।

देशव्यापी लाइभ कन्सर्ट टुरमार्फत चलचित्र र सङ्गीतलाई एउटै उत्सवमा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको निर्देशक दिनेश राउतले बताए। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad