मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ माघ १ गतेबाट रिलिज हुँदैछ। यतिबेला निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई झनै तिव्रता दिएको छ।
भेटका क्रममा कलाकारहरूले बल्छी धुर्वेको मेहनत र इमानदारिताको प्रशंसा गरेका छन्। सानो पर्दा (टेलिभिजन) को एउटा कलाकारका रूपमा सुरु भएको उनको यात्रा आज ठूलो पर्दाको नायक र निर्देशकको तहसम्म पुग्नु सबैका लागि प्रेरणादायी रहेको उनीहरूको भनाइ छ ।
वरिष्ठ कलाकारहरूले बल्छीको यो साहस र लगनशीलताले नयाँ पुस्ताका कलाकारहरूलाई पनि मार्गनिर्देश गर्ने भन्दै ‘गोबर गणेश’ को सफलताका लागि शुभकामना दिए। दिग्गज कलाकारहरूबाट पाएको यो साथ र हौसलाले चलचित्रको टिम थप उत्साहित बनेको छ ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बल्छीसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेको अभिनय छ।
42
Shares

प्रतिक्रिया