आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकतामा छ।
ट्रेलरमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ। सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई देखाइएको छ। साथै विद्रोहका कुरा पनि ट्रेलरमा समेटिएको छ।
अभिनेत्री अञ्जना बराईली प्रहरी इन्पेक्टरको भूमिकामा देखिएकी छन्। उनीसँगको सुशीलको केमेस्ट्री पनि देख्न सकिन्छ। साथै ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचे लगायतलाई देख्न सकिन्छ।
दिव्यासी फिल्म्सको ब्यानर रहेको फिल्ममा एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको हो। विजय केरुङको निर्देशनमा बनेको फिल्ममा दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको छ। फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।
Shares

प्रतिक्रिया