अरुण क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘हन्टर’को छायांकन सकिएको छ। एक्सन ड्रामा जनराको छायांकन ४५ दिनमा सकिएको हो। पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ।
यस फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ। चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहको भनाइ छ। ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन्। तर, रियल पात्रको कथामा फिक्सनाइज गरिएको निर्देशक जीवनको भनाइ छ।
यस फिल्ममा अरुणसहित प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय रहेको छ।
ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माता छन् ।
चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन। पोस्टप्रडक्सनको काम सबै सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने निर्देशक सिंहले जानकारी दिए।

प्रतिक्रिया