बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसलाई देखेर मानिसहरू अक्सर भन्छन्, ‘जोडी त यस्तो हुनुपर्छ।’
यसैबिच निकले असल पति हुनु भनेको महँगो उपहार वा विलासी बिदा मात्र नभएको बताएका छन्।
जय शेट्टीको पडकास्ट अन पर्पसमा उनले भनेका छन्, ‘वैवाहिक जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा एकअर्कालाई बुझ्नु र सम्मान गर्नु हो।’

निकका अनुसार खुलेर कुराकानी गर्नु, गल्ती स्वीकार गर्नु र जुनसुकै अवस्थामा आफ्नो जीवनसाथीलाई साथ दिनु असल पार्टनरको परिचय हो।
उनको सुझाव छ, ‘यदि तपाईं राम्रो पार्टनर बन्न चाहनुहुन्छ भने प्रेमका साथै धैर्य र इमानदारी पनि उत्तिकै महत्त्वपूर्ण छन्।’
कार्यक्रममा उनलाई सोधिएको थियो, ‘असल पतिमा कस्ता गुण हुनुपर्छ?’
उनले दुई कुरा भने, ‘विश्वासिलो र वफादारी।’
उनका अनुसार जीवनमा उतारचढाव आउँछन् र कहिलेकाहीँ परिस्थिति धेरै जटिल पनि लाग्न सक्छ।
उनी भन्छन्, ‘यस्तो समयमा तपाईंसँग विश्वास गर्न सक्ने पार्टनर छ भने कठिनभन्दा कठिन कुरा पनि सहज लाग्छन्।’
Shares

प्रतिक्रिया