कला


ब्रेकअपको हल्लाबीच आनाको फिल्म ‘रमिताको पिरती’ मा सुशान्तको गीत

ब्रेकअपको हल्लाबीच आनाको फिल्म ‘रमिताको पिरती’ मा सुशान्तको गीत

नेपालखबर
माघ २७, २०८२ मंगलबार १३:५४, काठमाडौँ

आना शर्मा र सुशान्त केसीको प्रेमसम्बन्धलाई लिएर बेलाबखत चर्चा हुने गर्छ। केही समयदेखि भने उनीहरूको ब्रेकअप भएको खबर चर्चामा छ। यसै चर्चाबीच सुशान्तको स्वरमा फिल्म ‘रमिताको पिरती’ को गीत सार्वजनिक भएको छ।

सुशान्तले रिलिजको चौथो दिनमा ‘तिम्रै छेऊमा’ बोलको गीत सार्वजनिक गरेका हुन्। सुशान्तको स्वर तथा संगीत रहेको गीत फेसबुक र इन्स्टामा सार्वजनिक गरिएको छ।

केही समयअघि आना र सुशान्तले एक अर्कालाई इन्स्टामा अनफलो गरेको समाचार बाहिरिएको थियो। योसँगै दुवैको सम्बन्ध सकिएको हल्ला चलेका थियो। तर आनाको मुख्य भूमिका रहेको सिनेमामा सुशान्तले गीत दिनुले उनीहरूबीचको सम्बन्ध हार्दिक रहेको संकेत गर्छ।

यति मात्र होइन, सुशान्तले सिनेमा ‘रमिताको पिरती’ राम्रो बनेको प्रतिक्रिया दिँदै आनालाई इन्स्टा पोस्टमा शुभकामना पनि दिएका थिए। सार्वजनिक गीतमा आना र धिरज मगरबीचका दृश्यहरू समेटिएका छन्। 

शुक्रबारदेखि प्रदर्शनरत फिल्मले दर्शक बढाउँदै गरेको निर्माता सागर लम्सालले जनाए। उनले शनिबारदेखि सिनेमाले दर्शक र प्रतिक्रिया दुवै राम्रो पाउँदै गएको बताए। अर्का निर्माता सुवास कोइरालाले पनि डिलडेसँगै सिनेमाको व्यापारमा उछाल आउने विश्वास व्यक्त गरेका छन्। 

सुदिप्ताको लेखन तथा निर्देशन रहेको सिनेमाले रमिता नामकी युवतीको सम्बन्धका आयामको कथा प्रस्तुत गर्छ। सिनेमाको लेखन/निर्देशनसँगै अभिनय पक्षको तारिफ भइरहेको छ। आना फिल्मकी कार्यकारी निर्माता समेत हुन्। 

यस फिल्ममा आनासँगै धिरज मगर, समिर श्रेष्ठ, विनय श्रेष्ठ र रेनु योगी लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad