चैत १३ गतेबाट प्रदर्शन हुने फिल्म ‘हामी तीन भाइ’को टिजर सार्वजनिक भएको छ।
सार्वजनिक टिजरमा एउटा गाउँका तीन दाजुभाईको कथालाई प्रस्तुत गरिएको छ। बिनोद न्यौपाने,कुशल बिष्ट र फलित राई एकदमै मिल्छन्। सानैमा बुबा आमा बिते पनि उनीहरुको माया ममता भनेको दाजु नै हो।
आमा बुबाको माया नपाएका यि तीन भाईमध्ये एक दाजु बिनोदसँग खटपट पर्छ। टिजरले मिलेर बसेका दाजुभाई विवाहपछिको सम्बन्ध खटपट र संघर्षलाई प्रस्तुत गर्छ।
नेपाली समाजमा भएको कथालाई निर्देशक मधुसुधन भट्टराईले टपक्कै टिपेका छन्। जहाँ सार्वजनिक भएको टिजरले दर्शकमाझ कौतुहलता जगाउँछ।
मधुसुदन भट्टराई निर्देशित यस फिल्ममा विनोद, कुशल र फलितसहित लक्ष्मी वर्देवा, आश्मा गिरी, जाहन्वी बस्नेत, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय छ।
यस फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन् ।
Shares

प्रतिक्रिया