कुमा सागर एन्ड द ख्वपः ब्यान्डको अमेरिकाको सांगीतिक भ्रमण स्थगित भएको छ। ब्यान्डले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै अमेरिका यात्रा स्थगित भएको जनाएको छ।
मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण केही विमानस्थल बन्द छन् भने उडान स्थगित भएका छन्। यसका कारण कलाकार र ब्यान्डले निर्धारित तालिकाअनुसार यात्रा गर्न नसक्ने अवस्था बनेको उल्लेख छ।
यसै कारण मार्च ६ मा हुने तय भएको ‘टेक्सास लाइभ’ कन्सर्ट पनि रद्द गरिएको ब्यान्डसहित आयोजकले जानकारी दिएको छ। टिकट खरिद गरिसकेका दर्शकले आफूले टिकट लिएको स्थानबाटै रकम फिर्तासम्बन्धी जानकारी पाउने जनाइएको छ।
ब्यान्डले अप्रत्याशित परिस्थितिका कारण कार्यक्रम रद्द गर्नुपरेको भन्दै दर्शकसँग असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
81
Shares

प्रतिक्रिया