कला


नारी दिवसका अवसरमा फिल्म ‘टिका’ बनाउने घोषणा, मुख्य भूमिकामा महेश र ऋचा

नारी दिवसका अवसरमा फिल्म ‘टिका’ बनाउने घोषणा, मुख्य भूमिकामा महेश र  ऋचा

नेपालखबर
फागुन २४, २०८२ आइतबार १३:४०, काठमाडौँ

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नारीप्रधान फिल्म ‘टिका’ को निर्माण घोषणा गरिएको छ। निर्माण टिमले एक थीम पोस्टर सार्वजनिक गर्दैं फिल्मको घोषणा गरेको हो। थीम पोस्टरमा 'टिका'लाई रातो रंगको गोलाकारभित्र सेतो अक्षरमा लेखिएको छ। जसले फिल्ममा समेटिने संघर्ष, पराक्रम र नैतिक स्वच्छताको संकेत गर्छ।

भविष्य खड्का फिल्मस् प्रालीको प्रस्तुति तथा थर्ड आइ आर्ट्स प्रालीको सहकार्यमा यो चलचित्र तयार हुनेछ। नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण हुन लागेको यस फिल्मलाई शंकर कार्कीले निर्देशन गर्नेछन्। 

सुपरहिट चलचित्र 'जेरी अन टप' निर्मात्री भविष्य खड्का निर्माता रहेको छिन्। यस फिल्ममा मुख्य भुमिकामा अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा, वर्षा शिवाकोटी  देखिनेछ्न्।  हाँस्य कलाकार निर्मल शर्मासहित बाल कलाकार आयुशी ढकाल पनि अनुबन्धित भइसकेका छन्। अन्य कलाकार र प्राविधिकहरू छनोटको चरणमा रहेको चलचित्रका कार्यकारी निर्माता तेजविक्रम केसीले बताए ।

चन्दन झा र निर्देशक कार्कीको कथामा तयार हुने चलचित्रको पटकथा रामकुमार श्रेष्ठले लेखेका छन्। फिल्मले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि बोल्नेछ, केसीले भने, 'सशक्त कथा, उत्कृष्ट अभिनय र प्रस्तुतीकरणमार्फत दर्शकलाई फरक अनुभव दिलाउने निर्माण टिमको अपेक्षा छ।

'सम्पूर्ण 'कास्ट एण्ड क्रू' तय भइसकेपछि औपचारिक घोषणासहित चलचित्रको छायांकन प्रारम्भ हुने र सोहि समयमा प्रदर्शन मिति समेत सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad