कला


फिल्म ‘मुक्तिपुर’ शुभमुहूर्तसँगै छायांकन सुरू, मुख्य भूमिकामा नाजिर हुसैन

फिल्म ‘मुक्तिपुर’ शुभमुहूर्तसँगै छायांकन सुरू, मुख्य भूमिकामा नाजिर हुसैन

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १४:९, काठमाडौँ

नाजिर हुसैनको मुख्य भूमिका रहेको फिल्म ‘मुक्तिपुर’  शुभ मुहूर्त गरिएको छ।

काठमाडौँको बसुन्धारामा अवस्थित इन्द्रायणी मन्दिरमा क्ल्याप तथा स्कृप्ट पूजा गर्दै मंगलबारबाटै चलचित्रको छायांकन सुरू गरिएको हो। मंगलबार गणेश मन्दिरमा कार्य सफलताको कामनासहित पूजाअर्चना गर्दा निर्माण टिम, कलाकार तथा प्राविधिकको उपस्थिति थियो।

सुनिल पाण्डेको निर्देशन रहेको फिल्म साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेस्ट फिल्म एकेडेमीको सहकार्यमा निर्माण हुनेछ। विभिन्न छोटा चलचित्र र वृत्तचित्र निर्देशनमा अनुभवी युवा निर्देशक पाण्डेको लागि ‘मुक्तिपुर’ ठूलोपर्दाको डेब्यू निर्देशन हुनेछ। फिल्मको कथा पनि निर्देशक पाण्डेकै हो । 

पछिल्लो १० वर्षदेखि अभिनय, निर्देशन, सम्पादन, छायांकन र ध्वनी शिक्षा प्रदान गर्दै आएको फिल्म क्षेत्रको अग्रणी एकेडेमी एभरेस्टले पहिलोपटक चलचित्र निर्माणमा पाइला अघि बढाएको हो।

विजय राजवंशी र रोशन पासवान निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ कार्यकारी निर्माता छन् भने केशव गौतम सह-निर्माता छन्। क्राइम रिभेञ्ज जनरामा तयार हुने फिल्मले बदलाको कथा बोल्नेछ। ‘एक परिवारको प्रतिनिधित्व गरेको पात्रको जीवनमा घट्ने महत्त्पूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थिति पश्चात उसले गर्ने संघर्ष र सफलताको कथा फिल्मले बोल्नेछ’, निर्देशक पाण्डेले भने।

यस फिल्ममा नाजिरसहित गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती मुख्य भूमिकामा देखिनेछन्। आकृति बुढाथोकीले यो चलचित्रबाट अभिनेत्रीको भूमिकामा रजतपटमा डेब्यू गर्दै छिन्। 

घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, स्वायम केसी, हरोन अली, उदय अली, सारा शर्मा, अनामिका लामिछाने, विकाश खनाल, रुपेश लामा, आयन परियार, श्रवन रम्तेल, भोला शाह, सफल, गोपाल महतरा, विमल यादव, ओजस्वी विक्रम विष्ट, सुदिप तिमिल्सिना र प्रविणकुमार चौधरी लगायतको पनि अभिनय रहनेछ। ४० दिनको छायांकन तालिकासहित फ्लोरमा निस्किएको फिल्मको प्रदर्शन मिति तय गरिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad