कला


व्यक्तित्व अधिकार सम्बन्धी मुद्दामा अदालतले दियो शिल्पालाई राहत

व्यक्तित्व अधिकार सम्बन्धी मुद्दामा अदालतले दियो शिल्पालाई राहत

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १७:२०, काठमाडौँ

बलिउड अभिनेत्री शिल्पा सेट्टीले दायर गरेको व्यक्तित्व अधिकार सम्बन्धी मुद्दामा फैशला आएको छ। बम्बई उच्च अदालतले शिल्पाको पक्षमा निर्णय सुनाएको छ। अदालतले अभिनेत्रीको अनुमतिबिना उनको नाम, स्वर, तस्बिर वा व्यक्तित्व प्रयोग गरी बनाइएका सामाग्रीहरू हटाउन आदेश दिएको हो। 

शेट्टीले विभिन्न वेबसाइट, सामाजिक सञ्जाल र एआई प्लेटफर्महरूले आफ्नो तस्बिर र पहिचान दुरूपयोग गर्दै एआईद्वारा बनाइएका मोर्फ गरिएका तस्बिर, भिडिओ र अन्य सामग्री सार्वजनिक गरेको भन्दै अदालतमा निवेदन दिएकी थिइन्। 

सुनुवाइका क्रममा अदालतले ती सामग्रीहरूलाई ‘अत्यन्त आपत्तिजनक र अस्वीकार्य’ भन्दै तुरून्तै हटाउन निर्देशन दिएको छ। शिल्पाकी वकिल सना रईस खानका अनुसार बिना अनुमति कुनै व्यक्तिको नाम, छवि वा प्रतिष्ठा प्रयोग गरी व्यावसायिक फाइदा लिनु उनको प्रतिष्ठा र अधिकारमाथि आक्रमण हुने भएकाले कानुनी कारबाही गरिएको हो।

अदालतले सार्वजनिक व्यक्तित्वको पहिचान र प्रतिष्ठालाई अनुमतिबिना व्यावसायिक रूपमा प्रयोग गर्न वा डिजिटल माध्यममा दुरुपयोग गर्न नपाइने स्पष्ट पारेको छ। 

नोभेम्बर २०२५ मा शिल्पाले आफ्नो व्यक्तित्व अधिकारको सुरक्षाको लागि बम्बई उच्च अदालतमा निवेदन दिएकी थिइन्।

यसअघि पनि केही भारतीय कलाकारहरुले व्यक्तित्व अधिकार सम्बन्धी मुद्दा जितिसकेका छन्। त्यसमा काजोल, ऐश्वर्या राय बच्चन, शत्रुघ्न सिन्हा, अभिषेक बच्चन, सलमान खान लगायतका पर्छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad