कला


सकियो निर शाहको निर्देशन रहेको फिल्म ‘कमला मिस’ को छायांकन

सकियो निर शाहको निर्देशन रहेको फिल्म ‘कमला मिस’ को छायांकन

नेपालखबर
फागुन २७, २०८२ बुधबार १४:३१, काठमाडौँ

वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशन रहेको फिल्म ‘कमला मिस’ को छायांकन सकिएको छ। 

फागुन १ गतेदेखि सुरु गरिएको फिल्मको सम्पूर्ण सुटिङ मंगलबार सम्पन्न भएको निर्माण टिमले जनाएको छ। लाइन प्रोड्युसर पुस्कर लामा  (प्रेम भोम्जन) का अनुसार फिल्मको छायांकन करिब २३ दिनमा पूरा गरिएको हो। बीचमा चुनावका कारण तीन दिन छायांकन स्थगित भए पनि निर्धारित तालिकाभित्रै काम सम्पन्न गरिएको लामाले बताए।

मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्ममा निर शाहसहित रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ ,जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडा लगायतको अभिनय छ। 

फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेका हुन्। यसका कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान हुन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन्।

फिल्मको कथा विजय मल्लको हो। पटकथा तथा संवाद निर्देशक निर शाह र प्रजल दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।

शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। निर्माण व्यवस्थापन भोला सुबेदीको रहेका छन् भने सागर बोहरा फिल्मका मुख्य सहायक निर्देशक हुन्।

शाह यस फिल्ममार्फत करिब दश वर्षपछि निर्देशनमा फर्किएका  हुन्। नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad