यतिबेला फिल्म ‘परालको आगो’को टिजरको चर्चा छ। एकसाताअघि सार्वजनिक टिजर सामाजिक सञ्जाल जताततै छाएको छ। फेसबुक र टिकटकमा दर्शकले डेढ करोड पटक हेरिएको छ।
यतिका भ्युज सामाजिक सञ्जालबाट नै फिल्मको टिजरले बटुलेपछि निर्माता तथा निर्देशक सुशील पोखरेल उत्साहित छन्।
उनले भने,‘ ओएसआर डिजिटलको टिकटकमा ६० लाख तथा देउराली फ्यान क्लबको रिल्समा हाम्रो टिजरलाई ४० लाखभन्दा बढि पटक हेरिएको छ। दुइतर्फको भ्युल जोड्ने हो भने १ करोडभन्दा माथी पुगेको अवस्था छ। अरुको त हिसावै गरेको छैन।’
उनले यतिधेरै भ्युज बटुलेको र टिकटकस्टारहरुले आफ्नो फिल्मको टिजरका संवादमा अभिनय गरेकोमा धन्यवाद दिए।
टिकटकमा अधिकांशले प्रकाश सपुत र सुहाना थापाको संवादमा टिकटक बनाएका छन्। जसका कारण पनि यो फिल्मको प्रचार तिब्र छ। ओएसआर युटुब च्यानलमार्फत रिलिज भएको टिजरमा दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन्। हालसम्म टिजरलाई साढे ३ लाख पटक हेरिएको छ।
श्रीमानश्रीमतीबीचको मनमुटाव र झगडा र छरछिमेकीको भुमिका देख्न सकिन्छ। प्रकाश सपुत र सुहाना थापा श्रीमानश्रीमतीको भुमिकामा रहेका छन्। ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिमा हुने गरेका नेपाली समाजको कथामा निर्माणधिन फिल्म सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय छ।
लक्ष्मण सुनारको निर्देशन रहेको यस फिल्ममा सुशील देवकोटा पटकथा तथा संवाद रहेको छ। यस फिल्मलाई नेपालभर वितरण आरआर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ। यो फिल्म आगामी बैशाख ११ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया