आगामी वैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को गीत ‘उडी जाऊँ भने, म पन्छी होइन’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार सार्वजनिक गीतमा निशु शर्माको स्वर सुन्न सकिन्छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा,प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय छ। आफु बसेको ठाउँ भन्दा आफ्नो माया भएको ठाउँमा जान मन भएको भाव गीतमार्फत सुहानाले भावना पोखेकी छन्।
नेपाली गीत संगीतको पहिलो कम्पोजर तथा एरेन्जर शान्ती ठटालको संगीतमा रहेको छ। साथै गीतको शब्द रचना मन बहादुर मुखियाले गरेका हुन्। नेपाली स्रोतामाझ असाध्यै लोकप्रिय रहेको यस गीतले फेरि पनि बेग्लै छाप छोड्न सक्ने निर्माण पक्षको भनाई छ।
यस गीतको ओर्जिनल गायिका अरुणा लामा हुन्। उनले चार दशक यो अघि गाएकी थिइन्। निर्माण टिमले अरुणा लामालाई समर्पित भन्दै गीतमार्फत सम्झिएको छ। यस गीतको म्युजिक एरेन्ज बिनोद भुजेलले गरेका छन्।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ।
शील पोखरेलको लगानी रहेको यस भने फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।
Shares

प्रतिक्रिया