कला


एघार जना प्राज्ञको दोहोरो सुविधामा रोक, प्रज्ञा प्रतिष्ठानलाई मासिक ६ लाख बचत

एघार जना प्राज्ञको दोहोरो सुविधामा रोक, प्रज्ञा प्रतिष्ठानलाई मासिक ६ लाख बचत

नेपालखबर
चैत ३, २०८२ मंगलबार १७:१२, काठमाडौँ

नेपाल प्रज्ञा प्रतिष्ठानको आजिवन सदस्य बनेर दाहोरो सुविधा लिँदै आएका ११ जना प्राज्ञहरूले अबदेखि त्यस्तो सुविधा नपाउने भएका छन् । आफूले दोहोरो सुविधा पाउनु पर्ने माग गर्दै ती ११ जना प्राज्ञहरूले सर्वोच्च अदालतमा हालेको मुद्दाको किनारा लगाउँदै सोर्वच्च अदालतले त्यस्तो सुविधा दिन रोक लगाउने आदेश गरेको  हो।

प्रतिष्ठानले अब उनीहरूले पाउँदै आएको सुविधा बन्द गर्ने भएको हो। रिट हाल्ने प्राज्ञहरूले प्रतिव्यक्ति मासिक ५१ हजारभन्दा बढि रकम पाउँदै आएका थिए । हाल यी ११ जनासहित २० जना प्राज्ञहरूले प्रतिष्ठानबाट मासिक रकम पाउँदै आएका थिए।

प्रतिष्ठानमा वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको नियुक्ति भएपछि २०७९ फागुन ११ गते दोहोरो सुविधा लिने प्राज्ञहरूको सुविधा बन्द गर्ने निर्णय भएको थियो। तर उक्त निर्णय विरुद्ध असन्तुष्टि जनाउँदै प्रतिष्ठित साहित्यकार तथा प्राज्ञहरू अदालत गएका थिए।

अदालतले प्रारम्भिक सुनाइ गर्दै निवेदकको पक्षमा फैसला गरेर निर्णय कार्यन्वन तत्काल नगर्नु भन्ने अन्तरिम आदेश जारी गरेको थियो । तर २०८२ चैत १ गते न्यायाधीश मनोजकुमार शर्मा र माननीय न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासबाट उक्त  रिट निवेदन खारेज भएको छ। अन्तिम फैसला गर्दै सर्वोच्चले प्रतिष्ठानको पक्षमा निर्णय गरेको छ। 

‘अदालतको पूर्ण पाठ आउन बाँकी नै छ,’ प्रतिष्ठानका कुलपति भूपाल राईले भने, ‘तर अब चैत महिनादेखि हामी सुविधा बन्द गर्छौँ । फगुनसम्मको त उहाँहरूले प्राप्त गरिसक्नुभएको छ ।’ 

दोहोरो सुविधा भत्ता लिँदै आएका ११ जना आजीवन सदस्य: 

१. प्राडा  वासुदेव त्रिपाठी
२. प्रा. डा. चूडामणि बन्धु रेग्मी 
३. गङ्गाप्रसाद उप्रेती  
४. प्रा. डा. योगेन्द्रप्रसाद यादव
५. तीर्थबहादुर श्रेष्ठ  
६ आर. डी. ‘प्रभास’ चटौत (राजेश्वरीदत्त चटौत)  
७. अशेषकुमार मल्ल
८. डा. धुवचन्द्र गौतम
९. तोया गुरुङ
१०. तुलसीप्रसाद जोशी (तुलसी दिवस)
११.शशीविक्रम शाह 

प्रतिष्ठान स्रोतका अनुसार यी मध्ये अधिकांश त्रिभूवन विश्व विद्यालयबाट निवृत्ति भरण लिरहेका प्राध्यापक छन् भने केहि सरकारी बैङ्क तथा निजमति सेवाका उच्च तहबाट अवकास प्राप्त व्यक्तिसमेत छन्। कानुनले कुनै पनि व्यक्तिलाई सरकारी निकायबाट दोहोरो सुविधा लिन बन्देज गरेको छ।

त्यहीँ भएर सरकारी निवृत्तिभरण लिने कर्मचारीले वृद्ध भत्ता पाउने उमेर पुग्दा पनि त्यस्तो सुविधा लिन पाउँदैन। सरकारले जीवनभर नेपाली साहित्य र कलामा योगदान पु¥याएका तर व्यक्तिगत जीवन यापनका लागि आर्थिक अवस्था कम्जोर रहेका साहित्य तथा कलाकर्मीलाई सहयोग गर्ने उदेश्यले आजिवन सदस्य बनाएर प्रज्ञा प्रतिष्ठानबाट आर्थिक सहयोग प्रदान गर्ने नीति लिएको हो।

तर पछिल्लो समय यसको चरम दुरुपयोग हुँदै आएको छ। हाल २० जनाले यस्तो सुविधा लिँदै आएका थिए। ११ जनाको सुविधा कटौति गरे पनि बाँकी रहेका ९ जनाको भने यथावत रहने प्रतिष्ठानले जनाएको छ। ती नौ जनाले भने अन्य सुविधा नलिएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad