कला


रेखा थापा निर्माता रहेको नाटक ‘सेतो धरती’ चैत २७ गतेबाट मञ्चन हुने

रेखा थापा निर्माता रहेको नाटक ‘सेतो धरती’  चैत २७ गतेबाट मञ्चन हुने

नेपालखबर
चैत २४, २०८२ मंगलबार १५:१३, काठमाडौँ

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्दै गरेको नाटक  ‘सेतो धरती’ चैत २७ गतेदेखि मञ्चन हुने भएको छ। अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता प्रसिद्ध पुस्तक ‘सेतो धरती’  मा आधारित यस नाटकको मुख्य भूमिकामा अभिनेत्री बेनिशा हमाल छिन्। 

अहिले भने नाटकमा निर्माताको रूपमा रेखा थापा जोडिएसँगै दर्शकहरूको चासो अझ बढेको छ। आज कान्तिपुर फिल्म एकेडेमीले सार्वजनिक गरेको पोस्टरमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा र निर्देशक सुन्दर धितालको नाम उल्लेख गरिएको छ।

सुन्दर धितालले यसअघि रेखा थापाकै डेब्यु नाटक मीरा निर्देशन गरेका थिए भने रेखाले पनि कान्तिपुर फिल्म एकेडेमीकै थिएटरबाट रंगमञ्च यात्रा सुरु गरेकी थिइन्।

हाल धमाधम रिहर्सल भइरहेको यस नाटकमा बेनिशासहित फिल्म, थिएटर र कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकारहरू एकैपटक मञ्चमा देखिँदै छन्। 

यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको उपन्यास ‘मीरा’ मा रेखा थापा तथा पारिजातको उपन्यास ‘शिरीषको फूल’ मा जीवन लुइँटेललाई रंगमञ्चमा ल्याएर नाटक निर्माण गरिसकेको छ। 

कान्तिपुर फिल्म एकेडेमीले कान्तिपुर थिएटरमार्फत रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यले चर्चित पुस्तकहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको एकेडेमीका सीईओ प्रकाश पुरीले बताए।

नाटक चैत २७ गतेदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad