कला


‘मितज्यू’को टिजर: जब झगडा गरिरहने दयाहाङ र सौगात नै मित लगाउँछन्

‘मितज्यू’को टिजर: जब झगडा गरिरहने दयाहाङ र सौगात नै मित लगाउँछन्

नेपालखबर
चैत ३०, २०८२ सोमबार १२:४५, काठमाडौँ

आउँदो जेठ ८ मा रिलिज हुने फिल्म ‘मितज्यू’को टिजर रिलिज भएको छ। टिजरमा निकै झगडा गर्ने दुई पात्रबीच मित लगाइदिएको प्रसंग जोडिएको छ।  

ग्रामीण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दयाहाङ राई र सौगात मल्लबीच युवतीको विषयलाई लिएर झगडा पर्छ। उनीहरूबीच निकै झगडा भएपछि परिवारले मित लगाइदिन्छन्। त्यसपछि मित लगाएका दुवै जनाको सम्बन्ध कस्तो हुन्छ? त्यसकै वरिपरि टिजर छ।  

दुई मिनेट लामो टिजरमा हराउँदै गएको मितेरी साइनोलाई समेटिएको छ। टिजरमा दयाहाङ, सौगातसहित तेरिया पौजा मगर, शिशिर वाङ्देल लगायतलाई देख्न सकिन्छ। 

अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा दयाहाङ, सौगात, तेरियासहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ।

यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी छन्। जनक घर्ती मगरले निर्माण गरेका फिल्मलाई शिशिर बिशंखेले खिचेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad