कला


केकी अधिकारीले घोषणा गरिन् चलचित्र ‘स्टेसन’

केकी अधिकारीले घोषणा गरिन् चलचित्र ‘स्टेसन’

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १७:१, काठमाडौँ

नयाँ वर्षको अवसर पारेर अभिनेत्री केकी अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेकी छन्। उनले चलचित्र ‘स्टेसन’ निर्माणको घोषणा गरेकी हुन्।

‘वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ। तर, सपनाको रंग उस्तै रहन्छ। त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– स्टेसन,’ केकीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्।

‘हामी नयाँ सोच र कथासहित आउने नयाँ वर्षको यो अवसरमा प्रण गर्छौं,’ केकी भन्ख्छिन्, ‘बदलिएको समयमा बदलिएको अथवा फरक कथा लिएर आउने छौँ।’

उनले चलचित्र भदौ १९ गते रिलिज हुने जानकारी दिएकी छन्।

गत वर्ष सफल चलचित्र ‘बोक्सीको घर’ दिएकी उनले सोही टिमसँग मिलेर नयाँ चलचित्र निर्माण गर्न लागेकी हुन्। ‘स्टेसन’लाई सुलक्षण भारतीले निर्देशन गर्नेछन्। कथा पनि निर्देशक स्वयंको रहनेछ। चलचित्रको निर्मातामा बद्री अधिकारी छन्।

केकी अधिकारी फिल्मसको ब्यानरमा बन्ने चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। पुरानो दराजजस्तो देखिने काठभित्र केही सामग्री देखिन्छ। तर, के सामग्री हो त्यो प्रस्ट देखिएको छैन। थिम पोस्टरले सिनेमा सोसल ड्रामा रहेको संकेत गरेको छ।

चलचित्रमा को–को कलाकार रहनेछन् भन्ने केही खुलाइएको छैन। कलाकार र प्राविधिक टिमबारे केही समयपछि जानकारी दिने उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad