गायक प्रताप दासको स्वर रहेको धोका बोलको गीतको भिडिओ रिलिज गरिएको छ।
विष्णु भण्डारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत रहेको छ। दिवेश राईको एरेन्ज तथा मिक्सिङ मास्टरिङ रहेको गीतमा दिनेश पराजुलीको कोरियोग्राफी रहेको छ।
स्मारिका ढकाल र सुशान्त ढकालको अभिनय रहेको धोकाको निर्देशन केशवराज भट्टले गरेका हुन्। प्रेममा हुने धोका र त्यसपछि लिइने बदलाको कथालाई रोचक बनाउन स्मारिकालाई डबल रोलमा देखाइएको छ।
सार्वजनीक गीतको भिडियो संगीतकार सरोज पोखरेलको अफिसियल च्यानल सरोज पोखरेलबाट बजारमा आएको हो।
मोडल सुशान्तले यसअघि निधारैमा टिकी, दिलमाया, तिम्रो माया, एक चोटी त बोलीदेउ, लगायत ४ दर्जन बढी भिडियोमा अभिनय गरिसकेका छन्।
3
Shares

प्रतिक्रिया