कला


प्रियंकाको लगानी रहेको फिल्म ‘मास्टरनी’ कहिले हुँदै छ रिलिज?

प्रियंकाको लगानी रहेको फिल्म ‘मास्टरनी’ कहिले हुँदै छ रिलिज?

नेपालखबर
बैशाख २, २०८३ बुधबार १५:३८, काठमाडौँ

प्रियंका कार्कीको ‘मास्टरनी’ को पहिलो झलक सार्वजनिक भएको छ। निर्माण टिमले एक कार्यक्रमीबीच आयंका फिल्म्सको पहिलो फिचर फिल्मको औपचारिक घोषणा समेत गरेको छ।

भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशन रहेको फिल्म क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा बनेको छ। यस फिल्मको सम्पूर्ण सुटिङ सम्पन्न भइसकेको छ। १७ दिनमा काठमाडौँ र पोखरामा फिल्मको सुटिङ गरिएको हो।

यस फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा रहेका छन्। चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन्। 

फिल्ममा प्रियङ्का कार्की, सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ।

यीबाहेक धेरै कलाकारको सप्राइज चलचित्रमा दर्शकले देख्न पाउने निर्माण टिमले बताएको छ। अभिनेत्री प्रियङ्का कार्कीको कथा रहेको चलचित्रमा सान बस्नेतको स्क्रिप्ट रहेको छ भने स्क्रिन प्ले र डाइलग प्रियङ्का र शानले नै तयार पारेका हुन्। 

यो फिल्म आगामी भदौ १२ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad