कला


दशैँको प्रतिस्पर्धा छल्न असोज २ लाई तोक्यो ‘झिँगेदाउ-२’ ले रिलिज डेट

दशैँको प्रतिस्पर्धा छल्न असोज २ लाई तोक्यो ‘झिँगेदाउ-२’ ले रिलिज डेट

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार १७:५२, काठमाडौँ

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म ‘झिँगेदाउ-२’ को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार सिनेमाका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २ गते संविधान दिवसको अवसरमा देशव्यापी प्रदर्शनमा आउने भएको हो।

पोस्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्मा तथा अभिनेताद्वय महेश त्रिपाठी र कुशल विष्टलाई क्यारेक्टर लुक्समा प्रस्तुत छन्। जसले दर्शकमाझ सिनेमाप्रति कौतुहल्ता जगाउने अपेक्षा निर्माण टिमको छ।

यसअघि दशैँको फूलपातीमा प्रदर्शनमा आउने भनिए पनि त्यो मितिमा सिनेमा चलाउन निर्माताबीच होडबाजी देखिएपछि सुरक्षित मितिको रुपमा असोज ३ रोजिएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए। किनकी दशैँको अवसरमा ‘छ माया छपक्कै २’, ‘बाटुलो जून’, ‘महाधिराज’, ‘१२ गाउँ-२’ र ‘आबाट आमा-२’ रिलिज मिति तोकिसकेका छन्। 

कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण रहेको फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभयराज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय छ। 

निर्देशक देउजाको नै कथा रहेको फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर तथा पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक छन्। बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने सिनेमाको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्।

अहिले धमाधम डविङ भइरहेको सिनेमाको काभ्रे, काठमाडौँ, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवनमा छायांकन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad